५ करोडको ‘द म्यान फ्रम काठमाडौँ’ नेपाल सुटिङ सकियो

५ करोडको ‘द म्यान फ्रम काठमाडौँ’ नेपाल सुटिङ सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – काठमाण्डौमा सुटिङ भैरहेको अंग्रेजी भाषाको नेपाली सिनेमा ‘द म्यान फ्रम काठमाण्डौ’को नेपाल छायाँकन समाप्त भएको छ । बाँकी केही प्रतिशत सुटिङ लस एञ्जल्समा हुने निर्माता तथा क्युएफएक्स सिनेमाजका सञ्चालक नकिम उद्दिनले बताए ।

पाँच करोड बजेटमा निर्माण हुने सिनेमालाई ट्रीसिटीको ब्यानरमा निर्माण गरिएको हो । सिनेमामा अधिकांश प्राविधिक तथा टेक्नीसियन विदेशबाट ल्याईएको बताइएको छ ।

सिनेमामा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । ‘द म्यान फ्रम काठमाडौँ’मा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअल स्टन्ट कोरियोग्राफी छ । निर्माता उद्दिनका अनुसार चाँडै सिनेमाको नेपाल रिलिज मिति घोषणा गरिनेछ ।