‘फिर्के’को प्रतिक्रियाले उत्साहित शुलेमान र रवी

‘फिर्के’को प्रतिक्रियाले उत्साहित शुलेमान र रवी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यसै साताबाट अलनेपाल रिलीज भएको सिनेमा हो ‘फिर्के’ । सिनेमा रिलीज भएसँगै निर्माण युनिट हल-हलमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेको छ । निर्माता तथा कलाकार सुलेमान शंकर (ईकु) र निर्देशक रवि डंगोल (बेमान)ले दर्शकको प्रतिक्रिया र व्यापारले आफुहरु उत्साहित रहेको बताएका छन ।

सिनेमा हर्ने दर्शकको त्यती धेरै भिडभाड नभए पनि जतिले हर्नु भएको छ, सवैले राम्रो प्रतिक्रिया दिएकोमा नै आफुहरु खुशी भएको बताए । निर्देशक डंगोल दर्शकको मौखिक प्रतिक्रियाले दर्शक बढ्नेमा आशावादी देखिए । उता शुलेमानले आफु ईकुको ह्यांगबाट बाहिर निस्केर फरक भुमिकामा काम दर्शकले मन पराएको बताए ।

सिनेमामा सुलेमानको साथमा अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ्, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । यो सिनेमाका अन्य निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । ‘फिर्के’मा अभिमन्यू निरबीको लेखन छ ।