अमेरिकामा ‘पंचायत’ प्रिमियर सम्पन्न

अमेरिकामा ‘पंचायत’ प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘पंचायत’को अमेरिकास्थित भर्जिनियामा प्रिमियर सम्पन्न भएको छ । नेपालको पुरातन सामाजीक ब्यवस्था र समाजको चित्रण नै पंचायतको मुख्य कथा बस्तु हो ।

महिना अगाडी अमेरिकाको फ्रान्सिस्को शहरमा आयोजीत ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पंचायत’ले विदेशी भाषाको उत्कृष्ठ सिनेमा  र उत्कृष्ठ अभिनेत्रीको अर्वाड जितेको थियो । शोको लागी अभिनेता सरोज खनाल अमेरिका पुगेका थिए । सिनेमालाई भर्जिनिया प्रिमियरबाट दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन । पंचायत हेरेर निस्केका सवैजसो दर्शकले सिनेमा राम्रो बनेको भन्दै खुलेरै तारिफ गरेका छन ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमालाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन । गणेश गिरी ‘पंचायत’का प्रस्तुतकर्ता हुन । शिवम अधिकारीले निर्देशन गरेको सिनेमामा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रती, प्रकृती ढुङेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला,राजु बाबु श्रेष्ठ लगायतको अभिनय छ । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको सिनेमालाई विपिन मल्लले सम्पादन गरेका हुन । सिनेमा ‘पंचायत’ नेपालमा भने चैत्र २ गतेबाट रिलीज हुनेछ ।