क्रिष्टल क्लजले जित्यो ‘ओखती’ कभर भिडियो प्रतियोगिता

क्रिष्टल क्लजले जित्यो ‘ओखती’ कभर भिडियो प्रतियोगिता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘मिस्टर झोले’ टिमले ‘ओखती’ कभर भिडियो कम्पिटिसनको विजेताहरु घोषणा गरेको छ । राजधानीमा प्रेसमिट आयोजना गर्दै टिमले पहिलोलाई १ लाख ५५ हजार, दोस्रोलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई १ लाख ५ हजार नगतको चेक हस्तान्तरण गर्यो ।

विजेता – क्रिष्टल क्लज

प्रतियोगितामा पोखराको क्रिष्टल क्लजले बनाएको भिडियो पहिलो बन्यो । ‘कन्सेप्ट र पर्फमेन्स’का आधारमा क्रिष्टल क्लज उकृष्ट ठहरिदा काठमाडौँको किसन एण्ड डान्स क्रु दोस्रो बन्यो । भने, इटहरीको डाईनामिक क्रु तेस्रो बन्यो । प्रतियोगितामा २५ भिडियोले भाग लिएका थिए ।

दोस्रो- किसन एण्ड डान्स क्रु

प्रतियोगिताको बारेमा बोल्दै निर्देशक रामबाबू गुरुङले भने ‘एक महिना अगाडी घोषणा गरिएको कभर भिडियो कम्पिटिसनमा सुरुवाती चरणमा एउटा भिडियो मात्र प्राप्त भएको थियो । तिन पुरस्कार घोषणा गरिएको प्रतियोगितामा दुई कसलाई दिने भन्ने अवस्था पनि सिर्जना भयो । अन्तत: निर्धारित समयसम्म २५ भिडियो दर्ता भए । ‘मिस्टर झोले’ टिम नै बसेर ‘कन्सेप्ट र पफमेन्स’का आधारमा उत्कृष्ट टप ३ चयन गरेका हौ ।’

तेस्रो- डाईनामिक क्रु

पुष २८ गते प्रदर्शनमा आउने सिनेमा प्रतिक्षित छ । ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

विजेता:

दोस्रो:

तेस्रो: