द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाका चक्लेटी हिरो आर्यन सिग्देल फिलीपिन्स उडेका छन । आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा ‘कायरा’ सुटिङको लागी उनी फिलीपिन्स उडेका हुन ।
आर्यन आफै निर्माता र अभिनेता रहेको ‘कायरा’मा अहिलेकी चल्तीको हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहले स्क्रिन शेयर गर्नेछिन् । सिनेमाको निर्देशन भने ‘धुवाँ यो नशा’का निर्देशक लक्ष्मण रिजालले गर्नेछन ।
संगीतसंगै स्टोरीलाई समेत हरेक दृष्टिकोण मार्फत हेरिरहेका आर्यन फिलिपिन्स छायाँकनको लागि या लोकेसन हेर्न पुग्दैछन भन्ने विषयमा भने केहि खुलाईएको छैन । उनले फेसबुकमा पनि त्यहा जान लागेको मात्र जनाएका छन् । ‘कायरा’लाई शिवराम श्रेष्ठले खिच्नेछन् भने यसको एक गीतमा कल्याण सिंहको संगीत रहनेछ ।
प्रतिक्रिया