द सिनेमा टाइम्स, काठमाडौँ – आगामी माघ ४ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा ‘पिंजडा ब्याक अगेन’को जापान रिलिज तय भएको छ । हिमाल केसी निर्देशित सिनेमा जनवरी २८ तारिखमा टोकियोमा प्रदर्शन हुनेछ ।
जापान शोका लागी नेपालबाट निखिल उप्रेती, संचिता लुइँटेल र निर्देशक केसी प्रस्थान गर्नेछन् । जापान प्रदर्शनको लागी क्लासिक युथ जापानले जिम्मा लिएको छ । टोकियो प्रदर्शन पछी जापानका अन्य शहरहरु पनि सिनेमा प्रदर्शन गरिने निर्देशक केसीले बताए ।
फेमिली एक्सन ड्रामामा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।
श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको सिनेमाको कथा मौनता श्रेष्ठले लेखेका हुन् । सिनेमामा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।
प्रतिक्रिया