लोकप्रिय बन्यो ‘रुपै मोहनी…’

लोकप्रिय बन्यो ‘रुपै मोहनी…’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तीन साता अगाडी सार्वजनिक भएको गीत ‘रुपै मोहनी…’ युट्युब हिट सावित भएको छ । चर्चित कलाकारहरुको बाहुल्यता रहेको गीतलाई तिन साता मै ५० लाख बढीले हेरिसकेका छन् ।

तिन सातामा आईपुग्दा पनि गीत युट्युब ट्रेन्डीङको २७ औं नम्बरमा छ । सम्भवत: नेपाली सिनेमाको गीत ट्रेन्डीङमा रहेको यो नै पहिलो पटक होला ! टंक बुढाथोकीको संगीतमा तयार भएको गीतमा मिना निरौला र टंक स्वयम्को स्वर छ । लोकराज अधिकारीको शब्द सिर्जना रहेको गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् । गीतमा हरिबंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, पल शाह, आँचल शर्माले कम्मर मर्काएका छन् ।

चैत ९ गतेलाई प्रदर्शन मिति तय गरेको ‘शत्रुगते’लाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । सिनेमामा दिर्घ गुरुङको छायाँकन, मित्र देव गुरुङको सम्पादन छ । मह सञ्चारले निर्माण गरेको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् ।