‘झोला’ निर्देशकको ‘भोर’ रिलिज मिति कम्फर्म

‘झोला’ निर्देशकको ‘भोर’ रिलिज मिति कम्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागु पुर्णिमाको अवसर पारेर सिनेमा ‘भोर’को रिलिज मिति तय गरि पोस्टर सार्वजनिक गरिएको छ । तराई भेगमा विद्यमान दाइजो प्रथाको कथालाई उठाएको सिनेमा अब बैशाख २१ गतेदेखि प्रदर्शनमा आउनेछ ।

सिनेमालाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । यादवले यसअघि ‘झोला’ निर्देशन गरेर दर्शक र समिक्षकबाट वाहवही बटुलेका थिए ।

सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छन्, भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ । सँगसँगै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ । जनकपुरमा परम्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक भट्टराईले सिनेमाको पोस्टर सार्वजनिक र  रिलिज मिति घोषणा गरेका थिए ।

 

निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए ।

कृष्ण धाराबासीको लेखनमा तयार भएको सिनेमामा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु मुख्य भूमिकामा छन् । सिनेमाका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । सिनेमामा किसन अर्यालको मुख्य सहायक निर्देशन छ । दिपक बज्राचार्यले छायाँकन गरेको सिनेमा भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् ।