फरहान अख्तर नेपाल आउदै !

फरहान अख्तर नेपाल आउदै !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका चर्चित एवं लोकप्रिय कलाकार फरहान अख्तर नेपाल आउने भएका छन् । चैत २४ गते काठमाडौँको पाँचतारे होटल हायात रिजेन्सीमा हुने ‘फरहान लाइभ इन नेपाल’ अन्तर्गत फरहान नेपाल आउन लागेका हुन् ।

रोयल च्यालेन्ज र नज्ज्य इन्टरटेनमेन्टको आयोजनामा हुन् लागेको कन्सर्टमा फरहानले आफ्ना हिट गीतहरु गाउनेछन् । फरहानका सेनोरिटा, सोचा है, रक अन, आहिस्ता आहिस्ता, दिल धड़कने दो, गल्लन गोडीयान, जागो’, अत्रंगी यारी, पिछ्ले सात दिनौ मे, तुम हो तो जस्ता गीत हिट छन् ।

३ बजेदेखि सुरु हुने कन्सर्टका लागि २ हजार र ४ हजारको टिकट मल्यु तोकिएको छ ।

बलिउडमा फरहानको परिचय निर्देशक, अभिनेता, निर्माता, गायक, संगीतकार, लेखकको रुपमा फराकिलो छ । उनले राष्ट्रिय र फिल्म फेयर अवार्डसमेत जितिसकेका छन् । निर्देशकीय डेब्यु सिनेमा ‘दिल चाह्ता हे’बाट बेस्ट सिनेमाको राष्ट्रिय अवार्ड हात पहिलो पटक पारेका अख्तरले अभिनयमा डेब्यु गरेको सिनेमा ‘रक अन’बाट पनि बेस्ट सिनेमाको अवार्ड हात पारे । दुबै सिनेमामा फरहानको लगानी पनि थियो ।

बिभिन्न विधामा गरि फरहानले फिल्म फेयर अवार्ड ८ पटक जितिसकेका छन् । ‘रक अन’बाट बेस्ट डेब्यु एक्टरको अवार्ड जितेका फरहानले ‘भाग मिल्खा भाग’बाट बेस्ट एक्टरको फिल्म फेयर पनि जितिसकेका छन् ।

फरहानले ‘दिल चाहता हे’, ‘लक्ष्य’, ‘डन’, ‘डन २’ निर्देशन गरेका छन् । भने, उनले अभिनय गरेका सिनेमा ‘रक अन’, ‘लक बाइ चान्स’, ‘कार्थीक कलिङ कार्थीक’, ‘जिन्दगि ना मिलेगी दोबारा’, ‘बम्बे टाकिज’, ‘भाग मिल्खा भाग’, ‘सादी के साइड इफेक्ट्स’, ‘दिल धड़कने दो’, ‘वाजिर’, ‘रक अन २’, ‘ड्याडी’, र ‘लखनउ सेन्ट्रल’ हुन् । पछिल्लो समय फरहानको करियर ओरालो लाग्दै गैरहेको छ ।

४४ वर्षीय अख्तर चर्चित गीतकार तथा स्क्रिनराइटर जावेद अख्तरका छोरा हुन् ।