‘शत्रु गते’ बुकिङ खुल्यो, अधिकाँस शोज कब्जा

‘शत्रु गते’ बुकिङ खुल्यो, अधिकाँस शोज कब्जा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा ‘शत्रु गते’को मल्टीप्लेक्स बुकिङ खुला गरिएको छ । चैत ९ गते रिलिज हुने सिनेमा यो साताको सोलो नेपाली रिलिज हो ।

बुधबारबाट खोलिएको बुकिङमा सिनेमाले देशभरका मल्टीप्लेक्समा आधिकाँस शोज आफ्नो पकडमा पारेको छ । देशकै ठुलो मल्टीप्लेक्स क्युएफएक्सले आफ्ना ७ ओटा स्टेसनमा ४० शोज उपलब्ध गराएको छ । भर्खरै खुलेको नयाँ स्टेसन ‘छायाँ सेन्टर’मा भने सिनेमाको लागि बुकिङ खुलाइएको छैन ।

क्युएफएक्स अन्तर्गत राजधानीको स्टेसनको शोज

त्यस्तै एफ क्युबले ८ शोज, सिडिसीले १० शोज, क्युजले ७ शोज र बिएसआरले ८ शोज उपलब्ध गराएका छन् ।

प्रदीप भट्टराई निर्देशित सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।