‘शत्रु गते’ सोलो रिलिज, आक्रामक कमाई गर्ने अनुमान

‘शत्रु गते’ सोलो रिलिज, आक्रामक कमाई गर्ने अनुमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा आजबाट प्रदर्शनमा आएको छ । नेपाली सोलो रुपमा रिलिज भएको सिनेमाले सुरुवाती दिनमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । त्यसपछीको व्यापार सिनेमाको दर्शक प्रतिक्रियामा निर्भर हुनेछ ।

‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराई निर्देशित सिनेमा देशभरका करिब १ सय १० हलमा प्रदर्शनरत छ । मल्टीप्लेक्समा उच्च शोज पाएको सिनेमाको एडभान्स बुकिङमा पनि राम्रो टिकट बिक्रि भैसकेको छ । शुक्रबार विहानको शोजमा देशका केहि पर्दा हाउसफुल भएको रिपोर्ट पनि प्राप्त भएको छ । तर, विहानी अकुपेन्सी यकिन भैसकेको छैन ।

सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।