द सिनेमा टाइम्स, काठमाडौँ – यस वर्षको चर्चित सिनेमा ‘कृ’को सिक्वेल बन्ने भएको छ । निर्माता सुवास गिरीले सोलो रुपमा ‘कृ २’ निर्माण गर्ने सिनेमाको बारेमा अहिलेसम्मको जानकारी दिए ।
द सिनेमा टाइम्ससँग कुरा गर्दै सिनेमाको लिडमा अनमोल केसीसँग कुरा भैसकेको र उनले ‘कृ २’ गर्ने बाचा गरेको बताए । ‘अनमोलसँगको कागजी सम्झौता केहि दिनमा हुनेछ । जापानमा ‘कृ’ प्रदर्शनको क्रममा अनमोलसँग सम्झौता भएको हो । मिस्रित प्रतिक्रियाका आएता पनि हाम्रो ‘हाई बजेट सेभ’ छ। सिनेमामा अनमोलको काम पनि अत्याधिक रुचाइएका कारण अनमोलनै लिएर सिनेमा बनाउने निधो गरेको हु ।’ निर्माता गिरीले बताए ।
आगामी २०७६ सालमा रिलिज गर्ने गरि बनाइने ‘कृ २’ अनमोलको ‘क्याप्टेन’ र प्रदीप खड्काको ‘भैरवी’ पश्चात सुरु हुनेछ । अनमोल अहिले ‘क्याप्टेन’मा व्यस्त छन् । भने, सुवास आफ्नै निर्माणमा बन्न लागेको ‘भैरवी’मा व्यस्त छन् । जुन सिनेमामा प्रदीप फाइनल भैसकेका छन् । ‘भैरवी’ र ‘क्याप्टेन’को काम सकिए लगतै ‘कृ २’ सुरु हुनेछ । सिनेमाको लागि निर्देशक र हिरोइन छिट्टै फाइनल गरिनेछ ।


प्रतिक्रिया