प्रदीपको ‘रोजी’ बैशाखबाट, अपोजिटमा मिरुना फाइनल

प्रदीपको ‘रोजी’ बैशाखबाट, अपोजिटमा मिरुना फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता प्रदीप खड्का ‘लिलिबिली’ रिलिज लगतै नयाँ सिनेमामा व्यस्त हुने भएका छन् ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने ‘रोजी’ नामक सिनेमा प्रदीपले गर्नेछन् । निरक पौडेलले निर्देशन गर्ने सिनेमाका लागि हिरोइन पनि फाइनल भएकी छन् । द सिनेमा टाइम्सलाई प्राप्त एक्सक्लुसिभ्ली खबर अनुसार ‘लालपुर्जा’ डेब्यु गर्ल मिरुना मगर फाइनल भएकी हुन् ।

प्रदीपसँगै जसिता गुरुङ र प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘लिलिबिली’ चैत ३० मा प्रदर्शन हुदैछ । त्यसलगतै बैशाख पहिलो सातादेखि ‘रोजी’ छायाँकनमा जानेछ ।

तस्विर: सम्वन्धित कलाकारको फेसबुकबाट