द सिनेमा टाइम्स, काठमाडौँ – सोमबारदेखि सिनेमा ‘नाई नभन्नु ल ५’को छायाँकन सुरु भएको छ । नेपाली सिनेमाको इतिहाँसमा सर्वाधिक सफल सिरिजको पाँचौं भागलाई निर्देशक विकास आचार्यले निर्देशन गर्नेछन ।
झापाको विर्तामोडबाट सुरु भएको छायाँकन इलाम र काठमाडौँमा पनि हुनेछ । करिब ३५ दिनको सेड्युल रहेको सिनेमामा प्रियंका कार्की र अनुभव रेग्मीको निरन्तरता रहेको छ भने, दिलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्दी तामाङ लगायतले इन्ट्री गरेका छन् ।

त्यस्तै यो सिनेमाबाट अभिषेक नेपाल र सेड्रीना शर्माले डेब्यु गर्दैछन् । अभिषेक सिनेमामा स्वस्तिमाको अपोजिट रहनेछन भने, सेड्रीनाले अनुभवसँग जोडी बाध्नेछिन । कान्तिपुर एकेडेमीमा पढ्दै गर्दा अभिषेक विकासको नजरमा परेका थिए । हरेक सिनेमामा नयाँ कलाकारलाई स्थान दिदै आएका निर्देशक आचार्यले यसपटक अभिषेक र सेड्रीनालाई ब्रेक दिएका हुन् ।

भदौ ८ गते प्रदर्शन हुने सिनेमामा विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन, पुरुषोत्तम प्रधानको छायाँकन र बसन्त सापकोटाको संगीत रहेनछ ।



प्रतिक्रिया