द सिनेमा टाइम्स, काठमाडौँ – केकी अधिकारीले निर्माणमा डेब्यु गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’ आगामी बैशाख १४ देखि अलनेपाल रिलिज हुदैछ ।
सिनेमामा प्रियंका कार्की, केकी अधिकारी र ऋचा शर्माको मुख्य भूमिका छ । बुधबार राजधानीमा आयोजित सिनेमाको ट्रेलर लन्च प्रेसमिटमा ऋचा शर्माको क्यारेक्टरले सबैको ध्यान केन्द्रित गर्यो । जब उनले मोडल तिर्सना बुढाथोकीको बोल्ने शैली कपि गरेको बताइन ।
सिनेमामा ऋचा तिर्सना नाम गरेकी युवतीको रुपमा छिन् । तर, यो क्यारेक्टर तिर्सनाकै चै होइन, उनले भनिन् ‘हामीले ३ दिन युट्युबमा डेडीकेट गर्यौ । तिर्सना जीको बोल्ने लवज रमाइलो छ । अरुले अफर गरेको भए यो क्यारेक्टर स्वीकार्य हुने थिएन । केकी र निर्देशक बिशाल भण्डारीले भनेकाले तयार भए ।’
हेर्नुस् भिडियो:
सिनेमामा केकी, प्रियंका र ऋचासँगै बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।
‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।


प्रतिक्रिया