नयाँ वर्षमा पुग्यो ‘स्वर्ग मेरो गाउँ’

नयाँ वर्षमा पुग्यो ‘स्वर्ग मेरो गाउँ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १२ को रिलिज स्थगन गरेको सिनेमा ‘स्वर्ग मेरो गाउँ’ अब नयाँ वर्ष २०७५ को छेकोमा रिलिज हुने भएको छ ।

विविध कारण देखाउदै निर्माता तथा निर्देशक रामकृष्ण बजगाईंले सिनेमाको नयाँ रिलिज डेट बैशाख ७ लाई तोकिएको जानकारी दिए ।

शहरबाट गाउँ घुम्न गएका युवतीहरुले गाउँलाई स्वर्ग बनाउन लागि पारेको कथा सिनेमामा समेटिएको छ । सिनेमामा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नरेनले ‘स्वर्ग मेरो गाउँ’ मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् ।

पवन गौतमले खिचेको सिनेमामा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई यसका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले ‘स्वर्ग मेरो गाउँ’ का गीतमा स्वर दिएका छन् । उक्त फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।