जेठमा दशौँ डी सिने अवार्ड, दर्ता आव्हान

जेठमा दशौँ डी सिने अवार्ड, दर्ता आव्हान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –विगत १० वर्षदेखि निरन्तर हुँदै आइरहेको ‘डी सिने अवार्ड’को दशौँ संस्करण २०७५ मा सिनेमा दर्ताको लागि औपचारिक आव्हान गरिएको छ ।

दर्ताका लागि २०७४ बैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शित सिनेमालाई समावेश गरिनेछ । दशौं संस्करणका लागि दर्ता समय चैत मसान्तसम्म मात्र छ ।

पहिलो ७ संस्करण राजधानीमै सम्पन भएको यो अवार्डका दुई संस्करण राजधानी बाहिर पोखरा र हेटौडामा गरिएको थियो । अब दशौँ संस्करण पुन: राजधानीमै गरिने कार्यक्रम संयोजक मणिराज गौतमले जानकारी दिए ।

अब लगातार २ वर्ष राजधानी बाहिर र १ वर्ष राजधानीमा अवार्ड आयोजनाको क्रमलाई निरन्तरता दिइने आयोजक संस्था छायांछवी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए ।

खासगरी डिजीटल प्रविधिमा निर्माण भएका सिनेमालाई प्रोत्साहित गरी नेपाली सिनेमामा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पु¥याउने उद्देश्यले ‘डि सिने अवार्ड’ को स्थापना २०६६ सालमा भएको थियो । प्रविधिको विकाससँगै ‘डि सिने अवार्ड’को लक्ष्य अनुसार सबै नेपाली सिनेमा डिजिटलमा बन्न थालेको पनि ४-५ वर्ष भैसकेको छ । लगानी बढाउन सकिदैन भने प्रविधि र प्रस्तुतिमा जोड दिनुपर्छ भन्ने ‘डि सिने अवार्ड’ले मान्यता बोकेको अध्यक्ष प्रियले बताए ।

जेठको दोस्रो सातामा अवार्ड समारोह भव्य रुपमा सम्पन्न गर्ने आयोजकको लक्ष्य छ ।