द सिनेमा टाइम्स, काठमाडौँ – ‘सम्झना’ निर्माता/निर्देशक शम्भू प्रधानको गीत चोरी प्रकरणप्रति ‘कृ’ निर्माता सुवास गिरीले आफुलाई अन्याय भएको निष्कर्ष निकालेका छन् ।
विहिबार राजधानीमा प्रेसमिट नै गरि निर्माता गिरीले आफुलाई अन्याय गरेको बताएका छन्, अब कानुनी प्रक्रिया अपनाउने सुझाव दिएका छन् । जुन किसिमले आफुलाई हिरासतमा लिई ११ लाख क्षतिपूर्ति तिराइयो त्यो न्यायसंगत नभएको गिरीको बुझाई छ । उनि भन्छन ‘हो हामीबाट नसोधेरै गीत समावेश गर्नु गल्ति भएको हो । तर, जुन किसिमले यसको क्षतिपूर्ति तिराइयो, त्यो कुनै पनि कानुनसंवत छैन । यसमा निर्देशक प्रधान र प्रहरी दुवैले अन्याय गरेका छन् । प्रधानले फोर्स प्रयोग गर्दै मलाई हतकडी लगाउनु भयो ।’
गिरीले नेपालको कानुन अनुसारनै आफुलाई भएको अन्यायका विरुद्द लड्ने पनि बताए
हेर्नुस् भिडियो:-


प्रतिक्रिया