द सिनेमा टाइम्स, काठमाडौँ – जेठ ४ गते रिलिज तय गरिएको सिनेमा ‘हैरान’को शिर्ष गीतको छायाँकन सकिएको छ । राजधानीस्थित एनएफडिसीमा सेट लगाएर शिर्ष गीतको छायाँकन पुरा गरियो ।
सिनेमा सिनेमाको सम्पूर्ण छायाँकन सकिएको छ । गम्भीर विष्टले कोरियोग्राफी भरेको गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकारलाई प्रस्तुत गरिएको छ ।

विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको ‘हैरान’ कमेडी सिनेमा हो । यो गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको शब्दरसंगीत रहेको छ भने, सत्य-स्वरूपलाई सरगम आचार्य र बबिता मानन्धरले स्वरमा साथ दिएका छन् । गीतमा गिरिश खतिवडा र्याप र राजन इशानको एरेन्ज रहेको छ ।
गीतको बारेमा बोल्दै कलाकार गजित विष्टले भने ‘सिनेमाको टाइटल गीतमा हामीले सम्पूर्ण कलाकारलाई समेटेका छौ । पहिला यसलाई प्रमोसनको रुपमा मात्र प्रयोग गर्ने सोच पनि आएको थियो तर अब यो सिनेमामा पनि समावेश हुनेछ । गीतमा हामीले सबै पात्रको टेन्सनलाई देखाउन खोजेका छौ । सिनेमा रमाइलो बनेको छ । गीतलाई पनि रमाइलो बनाउन सबैलाई एकै ठाउमा उभ्याएका हौँ ।’

‘हैरान’लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । उनले ‘लभ यु बाबा’बाट सबै भन्दा कम उमेरमै डेब्यु गरेर विश्व कीर्तिमान कायम गरेका थिए । अघिल्लो सिनेमामा बाबु-छोरीको कथा पस्केका निर्देशक विष्टले ‘हैरान’ सामाजिक विषयबस्तुलाई समेटेको बताएका छन् । डान्स फेभरको ब्यानरमा निर्मित सिनेमामा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।
सिनेमामा कथा तथा कोरियोग्राफी गम्भीर विष्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । सिनेमामा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।



प्रतिक्रिया