द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख १४ गते रिलिज हुने सिनेमा ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर रिलिज भएसँगै हाइप बढिरहेको छ ।
प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा स्टारर सिनेमाको कमेडी ट्रेलरलाई दर्शकले रुचाइरहेका छन् । साथै, ट्रेलर रिलिज भएको चौथों दिनमा युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा उक्लिएको छ । विशेष गरि अहिले ऋचाले बोलेका संवाद सामाजिक संजाल (म्युजिकल्ली)मा भाइरल भैरहेका छन् । ‘अग्रु… छोरा होइन, खुरुक्क पैसा दिन सक्नु हुन्न ?’ तिर्सना बुढाथोकीको लवजमा बोलेको यो संवाद यतिबेला अत्याधिक हिट छ ।
बिशाल भण्डारीको डेब्यु निर्देशन रहेको सिनेमामा प्रियंका, केकी र ऋचाका अलावा बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।
‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।


प्रतिक्रिया