द सिनेमा टाइम्स, काठमाडौँ – बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । क्यान्सर पिडित श्रेष्ठपत्नी यशोदा सुवेदीले ६७ वर्षको उमेरमा प्राण त्यागिन ।
लामो समयदेखि क्यान्सरबाट पिडित यशोदाले सोमबार राति १०.४५ बजे हरिसिद्धि क्यान्सर अस्पतालमा अन्तिम स्वास लिएकी थिइन।
२०३० सालमा कलाकार मदनकृष्णसँग अन्तरजातीय विवाह गरेकी यशोदालाई आन्द्रा, फोक्सो र मेरुदण्डको क्यान्सर थियो । यशोदाका यमन र सरना गरि दुई सन्तान छन् ।
निधनको खबर बाहिरिएसँगै आफन्तजन र सिनेकर्मीले श्रद्धान्जली व्यक्त गरेका छन् । यशोदाको पार्थिव शरीरलाई मंगलबारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।


प्रतिक्रिया