द सिनेमा टाइम्स, काठमाडौँ – रिलिजको अघिल्लो दिन ‘हिरोज’ पोस्टपोन्ड भएपछी ‘तिमि सँग’ सोलो रिलिज भएको छ ।
‘शत्रु गते’को दबदबाले ‘हिरोज’ सर्न बाध्य भयो । त्यस्तै ‘तिमि सँग’ले तेस्रो साताको ‘शत्रु गते’सँग कडा प्रतिस्पर्धा गर्नु पर्नेछ । तेस्रो सातामा पनि ‘शत्रु गते’को शोज, हल संख्या र दर्शक संख्या बलियो छ ।
तिमि सँग:
साम्राज्ञी राज्य लक्ष्मी शाह, नाजिर हुसेन र आकाश खड्का अभिनित सिनेमालाई शिशिर राणाले निर्देशन गरेका हुन् ।
बुधबार सम्पन्न प्रिमियरबाट सिनेमाले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । अब दर्शक प्रतिक्रियामा सिनेमाको व्यापार भर पर्नेछ ।
सिनेमाको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । ‘तिमि सँग’मा शुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।
शत्रु गते:
प्रदीप भट्टराई निर्देशित सिनेमालाई दर्शकले अत्याधिक रुचाएका छन् । त्यसैले तेस्रो सातामा पनि मल्टीप्लेक्समा शोज बढोत्तरी भएका छन् । क्युएफएक्स च्यानलका राजधानीका हलमा सिनेमाले २२ शोज पाएको छ । दोस्रो सातामा बलिउडको ‘बाघी २’का कारण केहि शोज गुमाएको ‘शत्रु गते’ले तेस्रो सातामा मल्टीप्लेक्स शोजमा अग्रता कायम गरेको छ ।
सिनेमाले दोस्रो साताको अन्त्यसम्म पनि मल्टीप्लेक्समा हाउसफुलको व्यापार गरेपछी शोजमा बढोत्तरी गरिएको हो । त्यस्तै बिग मुभिजमा ६ शोज, क्युजमा ३ शोज, बिएसआरमा ४ शोज, एफक्युबमा ७ शोज, सिने डी सेफमा २ शोज दिइएको छ ।
मुख्य पात्र पल शाह र आँचल शर्माको विवाहलाई लिएर दुई परिवार विच निम्तिएको उतारचढावलाई केन्द्रीय द्वन्द बनाएको सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।
महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकीरकालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजरप्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।


प्रतिक्रिया