क्रिकेट मैदानका लागि वर्षाको ५१ हजार सहयोग

क्रिकेट मैदानका लागि वर्षाको ५१ हजार सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो जन्मदिनमा धुर्मुस-सुन्तलीले निर्माण गर्ने अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि ५१ हजार सहयोग गरेकी छन् ।

नेपाली क्रिकेट फ्यानहरुको अत्याधिक दवाब पछी धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट मैदान निर्माणको तयारी गरिरहेको छ । धुर्मुस-सुन्तलीको गौरवशाली योजनामा आफुले सहयोग गर्न पाउँदा एकदमै खुसिले लागेको वर्षाले बताइन ।

शनिबारबाट २४ वर्षमा पाइला टेकेकी वर्षाले छायाँकनरत सिनेमा ‘जय शम्भू’को सेटमामा केट काटेर रमाइलो गरेकी थिइन् । जन्मदिनको दिन ५ ओटा केक काटेकी वर्षाले शुभकामना दिनु हुने सबै शुभचिन्तकप्रति आभार व्यक्त गरिन् ।

वर्षा अहिले ‘जय शम्भू’को छायाँकनमा व्यस्त छिन । त्यसलगतै सम्भवत: उनि ‘वीर बिक्रम २’को छायाँकनमा व्यस्त हुनेछिन । वर्षाको ‘भैरे’ प्रदर्शनको क्रममा छ ।