द सिनेमा टाइम्स, काठमाडौँ – ‘शत्रु गते’ तेस्रो सातामा पनि उत्साहका साथ प्रदर्शन भैरहेको छ । दोस्रो सिनेमाको सफलता पश्चात निर्देशक प्रदीप भट्टराई नयाँ सिनेमाको तयारीमा जुटेका छन् ।
अब प्रदीपको नयाँ सिनेमा डेब्यु ‘जात्रा’को सिक्वेल रहनेछ । ‘जात्रै जात्रा’ नाम तय गरिएको सिनेमाको बारेमा निर्देशक भट्टराईले आफ्नो फेसबुक अकाउन्टबाट जानकारी सार्वजनिक गरे । प्राय: पुरानै कलाकार दोहरिने ‘जात्रा’ सिक्वेललाई रविन्द्रसिंह बानियाँले निर्माण गर्नेछन् ।
पहिलो सिनेमा सकिएको ठाउँबाट सुरु हुने कथामा विपिन कार्की, बर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा कलाकारमा रहनेछन भने, अन्य नयाँ कलाकारको इन्ट्री हुने स्रोत बताउछ । असार अन्तिमबाट छायाँकनमा जाने सिनेमाको रिलिज डेट फागुन १७ लाई तय गरिएको छ । सिनेमामा कथा पनि निर्देशककै रहनेछ ।
स्मरण रहोस ‘जात्रा’बाटै निर्देशक भट्टराई र अभिनेता कार्कीले वर्षभरिका अवार्डमा वर्चश्व जमाएका थिए । बक्स अफिसमा पनि सुपरहिट ‘जात्रा’लाई दर्शकले औधि रुचाएका थिए भने, समिक्षकले पनि तारिफ गरेका थिए । सिक्वेल भएकै कारण ‘जात्रै जात्रा’प्रति सिनेमा क्षेत्र र दर्शकको अपेक्षा बढेको छ । अब हेर्न बाँकी छ, ‘जात्रा’ पछीको ‘जात्रै जात्रा’ कस्तो होला ?


प्रतिक्रिया