अग्रिम बुकिङमा ‘लिलिबिली’लाई सर्वाधिक शोज

अग्रिम बुकिङमा ‘लिलिबिली’लाई सर्वाधिक शोज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रक्षितित सिनेमा ‘लिलिबिली’को अग्रिम बुकिङ खुलाइएको छ । सिनेमा यहिँ शुक्रबार अर्थात् चैत ३० गते रिलिज हुदैछ ।

बुधबारै खुलाइएको बुकिङमा सिनेमाले सर्वाधिक सोज पाएको छ । क्युएफएक्स च्यानलका ८ स्टेसनमा मात्र सिनेमाले ३८ सोज पाएको छ । त्यस्तै सिने डि सेफ मा ७ शोज, एफव्युबमा ६ शोज, क्युजमा ६ शोज र बिएसआर मुभिजमा ६ शोज पाएको छ ।

क्युएफएक्स अन्तर्गत राजधानीका स्टेसनको बुकिङ

हाइप र प्रदीप खड्काको क्रेजलाई हेर्दा सिनेमाले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । सिनेमा देशभरका लगभग सबै सिनेमा घरमा प्रदर्शन हुदैछ ।

मिलन चाम्स निर्देशित सिनेमामा प्रदीपसँगै प्रियंका कार्की, जसिता गुरुङ,  अनुपबिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।