द सिनेमा टाइम्स, काठमाडौँ – यहिँ शुक्रबार अर्थात् चैत ३० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नेप्टे’लाई निर्माता तथा कलाकार रोहित रुम्बाले ड्रिम प्रोजेक्ट भनेका छन् ।
‘नेप्टे’लाई लिएर उत्साहित रहेका निर्माता रुम्बाले भने ‘खेतबारी बेचेर सिनेमा बनाएको छु । लामो समयदेखि सिनेमा क्षेत्रमा केहि गर्छु भनेर लागेको छु । ‘नेप्टे’ चलेमा ३ दिनमै नयाँ सिनेमा घोषणा गर्छु ।’
यदि सिनेमा असफल भएको खण्डमा रुम्बा केहि समय सिनेमा क्षेत्रबाट बिश्राम लिने बताउछन । ‘नेप्टे चलेन भने चार-पाँच वर्ष सिनेमामा आउदिन । बेचेको र बन्धकी राखेको जग्गा अन्य काम गरि निकाल्ने छु । त्यसपछि यो क्षेत्रमा कमब्याक भएपनि सिनेमा निर्माण भने गर्ने छैन ।’ उनले भने ।

डेढ दशकदेखि सिनेमा क्षेत्रमा रहेका रुम्बाले भक्तपुरको डेढ रोपनी जग्गा बिचेर र बाँकी जग्गा बन्धकी राखेर सिनेमा बनाएको बताउदै आएका छन् । ‘नेप्टे’ले आफ्नो डेढ दशकको करियरलाई माथि लैजानेसमेत रोहितले आशा व्यक्त गरे । सिनेमामा उनि झिल्के हिरोको भूमिकामा छन् । साथै, उनले ‘नेप्टे’लाई आफ्नो ड्रिम प्रोजेक्ट पनि बताए ।
त्यस्तै अर्का कलाकार बुद्दी तामाङले सिनेमामा आफ्नो भूमिका आफु जस्तै भएको बताए । सिनेमामा अभिनेता दयाहाङ राई पहिलो पटक नेगेटिभ भूमिकामा प्रस्तुत भएका छन् ।
देवकुमार श्रेष्ठ निर्देशित सिनेमामा रोहित, दयाहाङ र बुद्दीका अलावा अर्जुन लामा, पुर्णिमा लामा, छुल्ठिम गुरुङ, प्रनिशा सिलवालको मुख्य भूमिका छ ।

आर रोशफी फिल्मसको व्यानरमा रोहित रुम्बाले निर्माण गरेको सिनेमामा बाबू बोगटी/सन्तोष राज/रोहित रुम्बाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हरिघले लामाको छायाँकन, रोशन श्रेष्ठको एक्सन, रोहित रुम्बाको कथा र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।


प्रतिक्रिया