द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । यी दुई सिनेमा २०७४ सालका अन्तिम सिनेमा पनि हुन् । चर्चा गरौ यी दुईको बारेमा ।
लिलिबिली: मिलन चाम्स निर्देशित सिनेमामा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
प्रदर्शन पुर्व निक्कै हाइप बनाएको सिनेमाले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । जापान प्रिमियरबाट पाएको प्रतिक्रियाले निर्माण उत्साहित छ । देशभरका स्टेसनमा रिलिज सिनेमाले मल्टीप्लेक्का शोजमा अन्य सिनेमा भन्दा अगाडी छ ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।
नेप्टे: देवकुमार श्रेष्ठ निर्देशित सिनेमामा दयाहाङ राई, रोहित रुम्बा, बुद्दी तामाङ, अर्जुन लामा, पुर्णिमा लामा, छुल्ठिम गुरुङ, प्रनिशा सिलवालको मुख्य भूमिका छ । रिलिज अगाडीको हाइपले निर्मातासमेत रहेका रुम्बा सन्तुष्ट छन् । ‘नेप्टे’लाई आफ्नो ड्रिम प्रोजेक्ट मान्ने रोहित सिनेमाबाट निक्कै आशावादी छन् ।
सिनेमामा अभिनेता दयाहाङ राई पहिलो पटक नेगेटिभ भूमिकामा देखिएका छन् । देशभरका सिंगल थियटरमा राम्रै हल संख्याका साथ प्रदर्शनमा आएको ‘नेप्टे’ले कस्तो व्यापार गर्ला त ?
आर रोशफी फिल्मसको व्यानरमा रोहित रुम्बाले निर्माण गरेको सिनेमामा बाबू बोगटी/सन्तोष राज/रोहित रुम्बाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हरिघले लामाको छायाँकन, रोशन श्रेष्ठको एक्सन, रोहित रुम्बाको कथा र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।


प्रतिक्रिया