प्रेस शोमा रुचाइयो प्रदीप र जसिताको ‘लिलिबिली’

प्रेस शोमा रुचाइयो प्रदीप र जसिताको ‘लिलिबिली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘लिलिबिली’ले प्रेस शोबाट राम्रो प्रतिक्रिया पाएको छ ।

प्रेस शोमा सिनेमाको टिमले केहि सिनेकर्मीको उपस्थिति रह्यो । विशेष गरि सिनेमाको लोकेशन, लभस्टोरी र प्रदीप/जसिताको जोडीलाई रुचाइयो । सिनेमा हेरेका अधिकाँसको आँखामा आशु देखियो । पत्रकारहरुले विदेशी भूमिमा यतिसम्मको राम्रो सिनेमा बनाउन सकेको भन्दै निर्देशक मिलन चाम्सलाई बधाई दिए ।

डेब्यु गर्ल जसिता गुरुङको अभिनयले तारिफ पाउँदा प्रदीपलाई सुहाउने भूमिका रहेको प्रतिक्रिया आयो । त्यस्तै प्रियंका कार्कीको छोटो भूमिकालाई पनि रुचाइयो ।

सिनेमामा प्रदीप, जसिता, प्रियंकाका अलावा अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।