‘ह्याप्पी डेज’ले उपत्यकामा रथ यात्रा गर्ने

‘ह्याप्पी डेज’ले उपत्यकामा रथ यात्रा गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख १४ बाट अलनेपाल प्रदर्शनमा आउँने सिनेमा ‘ह्याप्पी डेज’ले उपत्यकामा रथ यात्रा गर्ने भएको छ । निर्माण टिमले सिनेमाको हाइप सिर्जना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाउने छ ।

१० गते, सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ । त्यसपछी पुन: रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ । पछिल्लो समय नेपाली सिनेमाले प्रचारमा नयाँ-नयाँ तरिका अपनाउने गरेका छन् । ‘ह्याप्पी डेज’को रथ यात्राले सिनेमा क्षेत्रको लागि दर्शकमा सकारात्मक संदेश प्रवाह हुने निर्देशक चाम्सले आशा व्यक्त गरे ।

मिलन चाम्स निर्देशित सिनेमा ‘लिलिबिली’ अहिले सफलताको दोस्रो सातामा प्रदर्शनरत छ । लगालग सिनेमा रिलिजको दौडधुपमा रहेका चाम्सले ‘ह्याप्पी डेज’को प्रचारमा व्यापक बनाउदै छन् ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमामा दयाहाङ राई, प्रियंका कार्की,  संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।