‘कोहलपुर एक्सप्रेस’ लिएर कोहलपुर पुगिन् केकी

‘कोहलपुर एक्सप्रेस’ लिएर कोहलपुर पुगिन् केकी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केकी अधिकारीको निर्माण एवं अभिनय रहेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’ प्रचारका लागि छायाँकन स्थल बाँकेको कोहलपुर पुगेको छ ।

नेपाल अटोमोबाइल एसोसिएसन (नासा)को सडक दर्घटना न्यूनीकरण सम्वन्धि अभियानको केकी अधिकारीले सुरुवात गरिन् । “सार्वजनिक यातायातको संरक्षण गरौ, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौ” भन्ने मूल नारासहितको व्यानर समाउदै केकीले सदरमुकाम नेपालगन्जसँगै कोहलपुरका विभिन्न स्थानमा जनचेतना फैलाइन । नासाको यो अभियान देशव्यापी हुनेछ। साथै, बाँकेका फ्यानहरु माझ सिनेमाको बारेमा जानकारी गराउदै केकी सेल्फीमा रमाइन ।

यसअघि केकी र ऋचा शर्माले राजधानीमा होम डेलिभरी गरेर प्रचार गरेका थिए ।

बिशाल भण्डारी निर्देशित सिनेमा अहिले चर्चामा छ । सिनेमामा केकी र ऋचाका अलावा प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।