फ्राइडे रिलिजमा ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’

फ्राइडे रिलिजमा ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता दुई आशा गरिएका सिनेमा ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ सार्वजनिक प्रदर्शनमा आएका छन् । कलाकार, व्यानर, संगीत र प्रोडक्सन टिमका कारण यी दुई सिनेमाले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । चर्चा गरौ यी दुईको बारेमा ।

कोहलपुर एक्सप्रेस

अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माणमा हात हालेको सिनेमा सुरुवातदेखि नै चर्चामा थियो । प्रदर्शन मिति नजिकिदै गर्दा केकीले राम्रै प्रचार-प्रसार गरि सिनेमाको हाइप सिर्जना गरेकी छन् । अब हेर्न बाँकी छ सिनेमाले सुरुवाती कस्तो गर्नेछ ?

विशाल भण्डारी निर्देशित सिनेमामा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

कमेडी जानराको यस सिनेमामा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।

ह्याप्पी डेज

लामो समयको रिलिज डेट हेरफेर पछी अन्तत: ‘ह्याप्पी डेज’ अलनेपाल रिलिज भएको छ । मिलन चाम्स निर्देशित प्रेमकथानक सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, दीया पुन, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

सिनेमाले प्रदर्शनको दुई साता अगाडीबाट मात्र प्रचार-प्रसार सुरु गरेको थियो ।