एनएफडिसी अवार्ड: अनमोल सर्वोत्कृष्ट, ‘शत्रु गते’लाई सर्वाधिक

एनएफडिसी अवार्ड: अनमोल सर्वोत्कृष्ट, ‘शत्रु गते’लाई सर्वाधिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छैटौं संस्करणको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा अनमोल केसीले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले ‘कृ’बाट यो अवार्ड उचाल्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट अभिनेत्रीमा बेनिशा हमालले ‘ब्लाइन्ड रक्स’बाट अवार्ड जितिन् ।

सर्वोत्कृष्ट सिनेमाको अवार्ड ‘शत्रु गते’ले जित्दा मिलन चाम्स ‘लिलिबिली’बाट उत्कृष्ट निर्देशक ठहरिए । २० विधामा सम्हिलित अवार्डमा ‘शत्रु गते’ले ५, ‘लिलिबिली’ले ४ र ‘ऐश्वर्य’ले सर्वाधिक ३ विधामा कब्जा जमाए । प्रतिस्पर्धाको विधामा वर्षको सर्वाधिक ग्रसर ‘छक्का पन्जा २’ले एक अवार्ड मात्र जित्न सफल भयो । केदार घिमिरेले ‘छक्का पन्जा २’बाट हाँस्यकलाकारको अवार्ड जितेर ‘छक्का पन्जा २’को साख जोगाए ।

यसपटकको सर्वोत्कृष्ट पत्रकारिताको पुरस्कार कान्तिपुर मिडियामा कार्यरत पत्रकार फुलमान वललाई प्रदान गरियो । त्यस्तै ‘मह’ जुरी क्रिटिक्स अवार्ड ‘भुइमान्छे’बाट रमेश बुढाथोकीको पोल्टामा पर्यो ।

वर्षाले बिथोलियो अवार्ड समारोह

पाँचतारे होटल हायातको प्राङ्गणमा आयोजित अवार्ड बर्षाका कारण बिथोलिएको थियो । पहिलो चरणको चार विधामा अवार्ड प्रदान गर्न बितिक्कै पानिले रोकिएको अवार्ड पुन: सुचारु भएको थियो । दोस्रो चरणमा ३ विधाका अवार्ड बाड्दै गर्दा ठुलो पानि पर्यो । त्यसपछि स्टेजमा कार्यक्रम अगाडी बढाउन सकिएन । जतिबेला स्टेजका पानीका कारण लथालिङ्ग भएको थियो । त्यसपछि आयोजकले हायातको भित्र अवार्ड वितरण गरेको थियो ।

विजेताहरुको पूर्ण सुची

शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत: एलिश कार्की – लिलिबिली

प्रदीप सर्वोत्कृष्ट ध्वनि मुद्रण: अमित श्रेष्ठ – शत्रु गते

भुटानी सर्वोत्कृष्ट द्वन्द: चन्द्र पन्त – कृ

बसन्त सर्वोत्कृष्ट नृत्य: कविराज गहतराज – कुटुमा कुटु – दुई रुपैयाँ

उदित सर्वोत्कृष्ट पार्श्व गायन: अन्जु पन्त/सुगम पोखरेल – तिमि रोएको पल – ऐश्वर्य

किरण सर्वोत्कृष्ट गीतकार: डा. कृष्णहरि बराल – कसम हो कसम – ए मेरो हजुर २

शम्भुजित सर्वोत्कृष्ट संगीतकार: राजनराज सिवाकोटी – कुटुमा कुटु – दुई रुपैयाँ

तुलसी सर्वोत्कृष्ट सम्पादन: मित्र डी गुरुङ – शत्रु गते

मन्जु सर्वोत्कृष्ट छायाँकन: सुदिप बराल – लिलिबिली

लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा/संवाद: हरिबंश आचार्य/प्रदीप भट्टराई – शत्रु गते

चेतन सर्वोत्कृष्ट लेखन: प्रदीप भट्टराई/दीपकराज गिरी – शत्रु गते

गोपालराज सर्वोत्कृष्ट हाँस्यकलाकार – केदार घिमिरे – छक्का पन्जा २

चैत्य सर्वोत्कृष्ट नव-अभिनेत्री: जसिता गुरुङ – लिलिबिली

विश्व सर्वोत्कृष्ट नव-अभिनेता: आशिरमान देशराज जोशी – ग्याङस्टर ब्लुज

बसुन्धरा सर्वोत्कृष्ट सह-अभिनेत्री: केकी अधिकारी – ऐश्वर्य

निर सर्वोत्कृष्ट सह-अभिनेता: प्रशान्त ताम्राकार – ऐश्वर्य

भुवन सर्वोत्कृष्ट अभिनेत्री: बेनिशा हमाल – ब्लाइन्ड रक्स

शिव सर्वोत्कृष्ट अभिनेता: अनमोल केसी – कृ

प्रकाश सर्वोत्कृष्ट निर्देशक: मिलन चाम्स – लिलिबिली

हिरा सर्वोत्कृष्ट सिनेमा: शत्रु गते

कुसुमेरुमाल सर्वोत्कृष्ट व्यवसायिक सिनेमा: छक्का पन्जा २

पुस्कर सर्वोत्कृष्ट पत्रकार: फुलमान वल (कान्तिपुर)

‘मह’ जुरी क्रिटिक्स: रमेश बुढाथोकी – भुइमान्छे