anmol jasita

सिड्नीमा फिरोज र एड्रिनसँगै गुन्जिन पाउने अवसर

सिड्नीमा फिरोज र एड्रिनसँगै गुन्जिन पाउने अवसर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अस्ट्रेलियन नेपाली प्रतिभाहरुलाई मध्येनजर गर्दै ४ अगस्टमा ‘ओर्जिनल डीओ’ नामक सांगीतिक प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक हो र होइन होला इभेन्टसका अनुसार यो प्रतिस्पर्धामा गायनमा रुची भएका अस्ट्रेलियन नेपालीहरुले सहभागिता जनाउन पाउने छन् । गायनमा इच्छुक भएकाहरुले गीत गाएर ([email protected]) मा मेल गर्नु पर्नेछ । उत्कृष्ट २० लाई प्रत्यक्ष गायनमा सहभागी गराइने छ । उत्कृष्ट हुने १ जनाले अगस्ट ४ हुने ‘ओर्जिनल डीओ’ मा चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीका गायक फिरोज स्यांगडेन र एड्रिन प्रधानसँगै स्टेजमा गाउँन पाउने छन् । र थप दुईले स्टेज शेयर गर्न पाउने छन् ।

नेपालका अन्य चर्चित गायक/गायिकाहरुको पनि उपस्थिति हुने सांगीतिक कार्यक्रममा फिरोज र एड्रिनले आफ्ना हिट गीतहरु मार्फत दर्शकलाई मनोरंजन दिनेछन् । कार्यक्रम सिड्नीको लुना पार्कमा हुनेछ ।