anmol jasita

भूकम्पको पिडा बोल्ने लघुसिनेमा ‘अर्थक्वेक’

भूकम्पको पिडा बोल्ने लघुसिनेमा ‘अर्थक्वेक’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विनाशकारी भूकम्प २०७२ मा आधारित लघु सिनेमा ‘अर्थक्वेक’ युट्युबमा सार्वजनिक भएको छ । भूकम्प पछी विदेशमा बस्ने आफन्तले आफ्नो परिवारसँग कुरा गर्न नपाउदाको पिडालाई सिनेमामा प्रस्तुत गरिएको छ ।

१३ मिनेट ४९ सेकेन्ड लामो सिनेमाले भूकम्पपछीको पारिवारिक पिडा-खुसिलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । यसअघि नेपाली फिचर सिनेमा ‘सफर’ निर्देशन गरिसकेका आशिष श्रेष्ठले सिनेमाको निर्देशन गरेका हुन् । सिनेमामा एक समयका चर्चित अभिनेता सुवाष थापाले अभिनय गरेका छन् । उनको अभिनयले मन छुन्छ ।

सुवाष आफ्नै निर्माणमा बनेको ‘बिर्खेलाई चिन्छस’ पश्चात हाल अमेरिकामा बस्दै आइरहेका छन् । सिनेमामा आशिष श्रेष्ठ/विशाल सापकोटाको पटकथा, शैलेश श्रेष्ठको पार्श्व संगीत र उत्तम न्यौपानेको संगीत संयोजन रहेको छ ।