‘हिरोज’ नयाँ रिलिज टार्गेट तय

‘हिरोज’ नयाँ रिलिज टार्गेट तय

द सिनेमा टाइम्स
0
Shares

चैत २३ रिलिज मिति स्थगन गरेको सिनेमा ‘हिरोज’ले नयाँ रिलिज टार्गेट चयन गरेको छ ।

निर्मात्रीसमेत रहेकी सिनेमाकी कलाकार पुर्णिमा लामाले दिएको जानकारी अनुसार अब सिनेमा बैशाख २८ मा रिलिज हुनेछ । एक्सन, लभ, कमेडी र समवेदनाले भरिएको सिनेमालाई एनबी महर्जनले निर्देशन गरेका हुन् । सिनेमामा पुर्णिमासँगै करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, सन्जोग राणा, दिलकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

जय लक्ष्मी फिल्मस्को व्यानरमा बनेको सिनेमामा राजनीतिक बिकृति, बेरोजगारी, चेलीबेटी बेचबिखन तथा सडक बालबालिकाको कथामा उठाइएको छ । लक्ष्मी लामाको प्रस्तुति रहेको सिनेमाको निर्मातामा शेखर लामा, युवराज लामा र सन्जोग राणा छन् ।

कविराज गहतराज, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी रहेको ‘हिरोज’लाई शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।