प्रतिभा खोज्न मोफसल हानियो ‘हैरान’ टिम

प्रतिभा खोज्न मोफसल हानियो ‘हैरान’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘हैरान’ टिम ‘राष्ट्रिय प्रतिभाको खोजी’ नामक च्यालेन्जको अडिसनका लागि मोफसल हानिएको छ । नृत्य, अभिनय र गायन विधाका प्रतिभाको खोजी कार्य बैशाख २० देखि झापाबाट सुरु हुनेछ ।

अडिसनका लागि राजधानीबाट निर्देशक सौगात विष्ट, कलाकार गजित विष्ट, निर्मल शर्मा, सागर लम्साल, आरोही शर्मा यात्रामा निस्किएका छन् । टुरमा अडिसन लिनुका साथै टिमले स्थानीय संचारकर्मी र दर्शकसँग सिनेमाबारे अन्तर्क्रिया पनि गर्ने छन् ।

झापाको विर्तामोडबाट सुरु हुने अडिसन २१ गते विराटनगर, २२ गते हेटौडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ, २७ गते पोखरा, २८ र २९ गते काठमाडौँमा आएर सम्पन्न हुनेछ । अडिसनमा ८ वर्ष देखि २५ वर्षसम्मका प्रतिभाले सहभागिता जनाउन सक्नेछन ।

यस्तो छ अडिसनको नियम

अडिसनबाट तिनै विधाका विजयीलाई जनही १ लाख नगद र म्युजिक भिडियोमा अवसर दिइने निर्माण पक्षले जानकारी गराएको छ । त्यस्तै टप १५ मा पर्ने सम्पूर्णले जनही १० हजार नगद प्राप्त गर्ने छन् ।

छनोट चरणमा प्रतियोगीले ‘हैरान’को एक गीत र आफ्नै रोजाईको एक गीतमा २-२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताको निर्णायकको रुपमा ‘हैरान’का कलाकार निश्मा घिमिरे, निर्मल शर्मा, गायक स्वरूपराज आचार्य, सत्यराज आचार्य र नृत्य निर्देशक गम्भीर विष्ट रहने छन् ।

जेठ ४ गते रिलिज हुने सिनेमामा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वासिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्दी तामाङ, पुस्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतका कलाकारको अभिनय छ ।
डान्स फेभरको ब्यानरमा निर्मित सिनेमामा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

सिनेमामा गम्भीर विष्टको कथारकोरियोग्राफी, चन्द्र पन्तको द्वन्द, सत्यराज आचार्यरस्वरुपराज आचार्यरकिरण कँडेलरराजन इशानरसन्तोष श्रेष्ठको संगीत, निरज कँडेलको छायाँकन र प्रितम पाण्डेको सम्पादन रहेको छ ।