प्रेमकथामा ‘प्रेमालय’ र ‘रुमानी’ बन्ने

प्रेमकथामा ‘प्रेमालय’ र ‘रुमानी’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दुई निर्देशकको निर्देशनमा बन्ने दुई सिनेमाको एकै प्रेसमिटमा अफिसियल घोषणा गरिएको छ । बिहिबार राजधानीको क्युजमा हलमा आयोजित प्रेसमिटमा ‘प्रेमालय’ र ‘रुमानी’ नामक सिनेमाको बारेमा जानकारी दिइयो ।

कुमार शाहले निर्देशन गर्ने ‘प्रेमालय’मा निराजन प्रधान, मरिश्का पोखरेल, सन्नी ढकाल, डा. सूर्या थापा, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारको अभिनय रहनेछ । त्यस्तै मनोज अधिकारीले निर्देशन गर्ने ‘रुमानी’मा सन्नी ढकाल मात्र फाइनल भएका छन् । छिट्टै नै पुरा टिमअप गरेर ‘रुमानी’को छायाँकन थाल्ने निर्देशक अधिकारीले जानकारी दिए ।

नेपाल अस्ट्रेलियामा छायाँकन हुने दुवै सिनेमा मध्ये ‘प्रेमालय’को नेपाल छायाँकन आगामी सातादेखि सुरु हुनेछ । भने अस्ट्रेलिया छायाँकनको लागि असार पहिलो सातादेखिको सेड्युल राखिएको छ । दुवै सिनेमाको छायाँकन दशैँ अगाडी नै सक्ने निर्माण पक्षको योजना छ ।

प्रेमकथामा बन्ने ‘प्रेमालय’मा पहिलो पटक तेल भिसा (विदेशमा बस्ने छोरा-बुहारीको बच्चा स्याहार्न बाबु-आमालाई घुम्नको लागि भन्दै केहि महिनाको लागि विदेश बोलाउने प्रचलन)को कथालाई पनि प्रस्तुत गरिनेछ । त्यस्तै विदेश गएकी पत्नीले आफ्नो पति अर्कैसँग प्रेममा पर्दा पाएको पिडा र पतिलाई पुन: आफ्नो प्रेममा पार्न गरेको संघर्षको कथा ‘रुमानी’मा रहेको छ ।

एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा बन्ने ‘प्रेमालय’मा कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै निर्मातामा सुभाष श्रेष्ठ, सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन् ।

किरण माइकलको लेखन रहेको ‘प्रेमालय’मा राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत र रोहा शर्माको छायाँकन रहनेछ ।