फरक विषयबस्तुका दुई सिनेमा प्रदर्शनमा

फरक विषयबस्तुका दुई सिनेमा प्रदर्शनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता फरक विषयबस्तुमा आधारित दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । छेतेन गुरुङ निर्देशित ‘डमरुको डण्डीबियो’ र यादवकुमार भट्टराई निर्देशित ‘भोर’ यो साताका फ्रेस नेपाली रिलिज हुन् । चर्चा गरौ यी दुईको बारेमा ।

डमरुको डण्डीबियो

खगेन्द्र लामिछानेको लेखन तथा अभिनय रहेको सिनेमा प्रतिक्षित छ । पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित सिनेमाको विषयबस्तु, हाइप र प्रतिक्रियाले गर्दा यो सिनेमा दर्शक, समिक्षक र बक्स अफिससँग जोडिएर प्रतिक्षित भएको हो ।

सिनेमामा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

‘डमरुको डण्डीबियो’मा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । भने, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

भोर

तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठाएको सिनेमाले मल्टीप्लेक्सका दर्शकलाई तान्ने अनुमान गरिएको छ । निर्देशक यादवकुमारको अघिल्लो सिनेमा ‘झोला’ले पाएको सफलताले गर्दा बक्स अफिस भर निर्देशकमै पर्नु पर्नेछ ।

प्रदर्शन पुर्व गरिएका बिभिन्न शोजबाट पाएको सकारात्मक प्रतिक्रियाले ‘भोर’ टिम उत्साहित छ । अब हेर्न बाँकी छ, ‘भोर’ले दर्शक रिझाउन सफल हुन्छ की हुदैन ?

सिनेमामा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमालाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । उज्जल ढकालले सिनेमालाई सम्पादन गरेका छन् ।