हेटौंडामा रङ्ग पत्रकार र कलाकार सम्मानित हुदै

हेटौंडामा रङ्ग पत्रकार र कलाकार सम्मानित हुदै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अघिल्ला वर्षझैँ यसपटक पनि चलचित्र पत्रकार संघ शाखा मकवानपुरले स्थापना दिवसको अवसरमा पत्रकार र कलाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । शाखाको कार्यसमितिको बैठकले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान मार्फत राजधानी दैनिकमा कार्यरत अग्रज पत्रकार डब्बु क्षेत्रीलाई नगद रु. एघार हजार एक सय एघार सहित सम्मान गर्ने निर्णय गरेको शाखा अध्यक्ष मणिराज गौतमले बताएका छन् । साथै मकवानपुरमै रहेर चलचित्र पत्रकारिता गर्दै आएका जनता टेलिभिजनका रामकुमार एलनलाई नगद ५ हजार सहित पुरस्कृत गर्ने पनि जनाएका छन् ।

यसैगरी कलाकर्मी तर्फ हेटौडाकै अभिनेत्री नीता ढुंगाना र कलाकार सुशान्त श्रेष्ठलाई सम्मान गर्ने शाखाले जनाएको छ । ‘हामीले स्थानीय पत्रकार र कलाकर्मीलाई हौसला प्रदान गर्ने उदेश्यले स्थापना दिवसमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएका छौ’ अध्यक्ष गौतम भन्छन ‘यसैगरी संघ स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु हुने साथै सिनियर पत्रकारलाई पनि हाम्रो तर्फबाट सम्मान गर्ने परम्परा पनि अघिल्लो वर्षबाट स्थापना गरेका छौ ।

’साथै स्थापना दिवसमा अन्य शाखाहरु दाङ , पोखरा , बुटवल , चितवनका चलचित्र पत्रकारलाई पनि आमन्त्रण गरिएको उनले बताए । सम्मान तथा पुरस्कार निर्णयका लागि संघले उपाध्यक्ष प्रकाश दाहाल ,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई ,पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रताप विष्ट,पूव अध्यक्ष राममणि दाहाल सहित कार्यसमितिमा छलफल गरेको थियो ।