रेखाको एक्सन कटमा ‘मालिका’ छायाँकनमा

रेखाको एक्सन कटमा ‘मालिका’ छायाँकनमा

द सिनेमा टाइम्स
0
Shares

रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’को छायाँकन सुरु भएको छ । सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै रेखा थापाले बालुवाटारबाट फिल्मको छायाँकन सुरु गरेकी हुन् । ‘मालिका’ लाई रेखा आफैले निर्देशन गर्दैछिन् ।

छायाँकनको पहिलो दिन रेखा र नर बहादुर कार्कीले बालुवाटारमा आउट डोर सट भएको मुख्य सहायक निर्देशक नवराज आचार्यले जानकारी दिए । ‘करिब दश दिनको काठमाण्डौंको सुटिङपछि हामी बाहिर निस्किन्छौं’, आचार्यले भने , ‘राजधानीपछि मालिकाको कोहलपु र जाजरकोटमा छायाँकन हुनेछ ।’

‘मालिका’मा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । रेखाको आफ्नै कथा र कन्सेप्ट रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहेको बुझिएको छ ।

‘मालिका’लाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । ‘हिम्मतवाली’ पछि रेखा ‘मालिका’ मार्फत निर्देशनमा फर्किएकी हुन् ।