‘लम्फू’ प्रतिक्षित नहोला, तर सम्भावना बोकेको छ !

‘लम्फू’ प्रतिक्षित नहोला, तर सम्भावना बोकेको छ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २८ गते रिलिज हुने सिनेमा ‘लम्फू’ अहिले प्रचारको उत्कर्षमा छ ।

रिलिजको मुखमा मोफसल टूर सकाएर टिमले उपत्यकामा प्रचार गरिरहेको छ । यसैविच सिनेमाका निर्देशक गोपालचन्द्र लामिछानेले यसलाई सम्भावना बोकेको सिनेमा भनेका छन् । एक युवकको जीवनमा अनायासै आएका उतार-चढावमाथि निर्मित ‘लम्फू’मा सिनेमामा हुनु पर्ने गुण पूर्णरुपमा रहेको र यसमा मनोरंजनको कुनै कमि नरहेको बताएका छन् । उनि भन्छन ‘प्रतिक्षित नहोला, तर सम्भावना बोकेको छ । दर्शक निराश हुनु पर्ने छैन ।’

निर्देशक गोपालचन्द्र लामिछाने

साथै उनले सिनेमामा सलोन बस्नेतलाई भिन्न भूमिकामा पनि देख्न पाइने बताए । ‘लम्फू’बाट कबिर खड्काले डेब्यु गर्दै छन् । निर्देशक लामिछानेका अनुसार कबिरले डेब्यु सिनेमाबाटै सम्भावना देखाएका छन् ।

पपुलर मल्टीमिडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरको सिनेमामा कबिर र सलोनका अलावा मरिश्का पोखरेल, चाँदनी शर्मा,  संजित भण्डारी, आयान खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।