‘थ्रीडी’सँगै सुरु भयो ‘छक्का पन्जा ३’ !

‘थ्रीडी’सँगै सुरु भयो ‘छक्का पन्जा ३’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपक-दीपाको ‘छक्का पन्जा ३’ छायाँकनमा गएको छ । सिनेमामा ‘ऐश्वर्य’ डेब्यु अभिनेत्री दीपिका प्रशाई भित्रिए पछी ‘छक्का पन्जा’ सिरिज ‘थ्रीडी’ अर्थात दीपक-दीपा-दीपिकाले लिड गर्ने छन् ।

सिनेमाको ड्राइभर दीपा हुँदा पहिलो सिटमा दीपक-दीपिका बस्ने छन् । अर्थात यी दुईले सिनेमामा मुख्य भूमिका निर्वाह गर्ने छन् । शुक्रबार विहान भक्तपुरको सुर्यविनायक मन्दिरमा पूजाआजा गरि छायाँकन सुरु भएको घोषणा गरिरहँदा ‘मङ्गलम’बाट चर्चा कमाएका पुष्पल खड्का पनि मिडियाको क्यामरामा कैद भए । उनको सिनेमामा विशेष भूमिका रहनेछ । त्यस्तै दीपक-दीपा क्याम्पका ‘वडा नम्बर ६’, ‘छक्का पन्जा’ र ‘छक्का पन्जा २’मा मुख्य भूमिका निर्वाह गरेकी प्रियंका कार्की भने यो भागमा अतिथी भूमिकामा प्रस्तुत हुने छिन् ।

सिनेमामा यी कलाकारसँगै जितु नेपाल, केदार घिमिरे, बुद्दी तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, बसन्त भट्ट लगायतको पनि अभिनय रहनेछ ।

यसपटक दीपक-दीपा क्याम्पमा नयाँ संगीतकारको इन्ट्री भएको छ । पछिल्लो समय चर्चामा अर्जुन पोखरेल र दीपक शर्माले सिनेमाका लागि संगीत प्रदान गर्ने छन् ।

आमा सरस्वती मुभिज र आइएमइ रेमिट्सको प्रस्तुति रहने ‘छक्का पन्जा ३’का कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् । भने, निर्मातामा सुमन गिरी (भान्जा), किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् ।

दशैँको उपलक्ष्य पारी फूलपाती रिलिज हुने सिनेमामा कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, पुरुषोत्तम प्रधानको छायाँकन, दीपकराज गिरी/जितु नेपाल/केदार घिमिरे/यमन श्रेष्ठको संवाद र दीपकराजकै कथा रहनेछ ।