नर्वेमा पहिलो पटक नेपाली सिनेमा, ‘बोबी’को भव्य प्रिमियर

नर्वेमा पहिलो पटक नेपाली सिनेमा, ‘बोबी’को भव्य प्रिमियर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाको विश्वबजार फराकिलो पार्ने क्रममा मिलन चाम्स निर्देशित सिनेमा ‘बोबी’ पहिलो पटक नर्वेमा प्रिमियर गरिएको छ । जहाँ हलिउड सिनेमा मात्र प्रिमियर हुन्थ्ये ।

नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रह्यो । निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको सिनेमा हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए । सफल प्रिमियर पश्चात चाम्सले नेपाली सिनेमा बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे ।

प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि सहभागिता थियो ।

सत्यकथामा आधारित सिनेमामा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र  ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।