आकाशको ‘ड्रिम गर्ल’ असोजमा आउने

आकाशको ‘ड्रिम गर्ल’ असोजमा आउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ऋषिराज आचार्य निर्देशित सिनेमा ‘ड्रिम गर्ल’ले नेपाल प्रदर्शन मिति हेरफेर गरेको छ । अब सिनेमा असोज १८ मा प्रदर्शन हुनेछ ।

दुई करोड बढी बजेटमा निर्माण गरिएको सिनेमा नेपाल रिलिज भन्दा अगाडी विदेशमा प्रदर्शन हुने निर्देशक आचार्यले बताएका छन् । उनका अनुसार सिनेमा अस्ट्रेलिया, युरोप र खाडी मुलुकमा प्रदर्शन गरिने छ । जुन दोस्रो साता कतार र तेस्रो साता पोर्चुगलमा विशेष प्रदर्शनीको लागि कुरा भैरहेको सिनेमा अमेरिका, जापान, हङकङ, कोरिया लगायतका देशहरुमा पनि प्रदर्शन गरिने निर्देशकले जानकारी दिए ।

आरबी मुभिजको व्यानरमा ऋषिराजसँगै अर्जुन शर्मा, रामेश्वर धितालले निर्माण गरेको सिनेमामा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित लगायतको अभिनय छ ।

काठमाडौँ, मुस्ताङ र थाइल्याण्डमा छायाँकन गरिएको सिनेमाको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको सिनेमामा अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ ।