anmol jasita

नम्रताको ‘जाइरा’ अवतार, रिलिज डेटसहित

नम्रताको ‘जाइरा’ अवतार, रिलिज डेटसहित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘जाइरा’को लागि अभिनेत्री नम्रता श्रेष्ठको अवतार र भूमिका सार्वजनिक गरिएको छ । मंगलबार प्रेसमिट मार्फत यी अभिनेत्रीको अवतारसहित सिनेमाको रिलिज मिति पनि घोषणा गरियो ।
नम्रता प्राय: लभ गर्लको रुपमा परिचित छन् । तर, यो सिनेमाले उनको परिचय बदलिनेमा उनि आशावादी छन् । हाल पोस्टप्रोडक्सनमा रहेको सिनेमामा नम्रता मार्शलआर्ट खेलाडीको रुपमा प्रस्तुत भएकी छन् । जुन भूमिकाको लागि उनले कपाल छोट्याउनेदेखि लिएर तौल कम गरि सिक्सप्याक निकालेको बताइन । ‘सबै नेचुरल देखियोस भनेर तौल घटाए, कपाल काटे, ६ महिना एक्सन सिके । अब मैले कत्तिको मिहिनेत गरेको छु ? त्यो मुल्यांकन गर्ने काम दर्शकको हो ।’ उनले भनिन् । यहिँ रोलका लागि नम्रताले ५१ किलोको तौल ४३ किलोमा झारेकी थिइन् ।
 प्रेसमिट नम्रतासँगै डेब्यु गर्ल सृजना रेग्मी पनि खेलाडी लूक्समा उपस्थित थिइन् । सम्राट मगर सिनेमा भित्र नम्रताको कोचको भूमिकामा छन् । अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि अभिनय रहेको सिनेमा मङ्सिर १४ मा प्रदर्शन हुनेछ ।
 
 ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित सिनेमामा आतुशोत श्रेष्ठको कथा/निर्देशन छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’मा लोकेश बज्राचार्यको सम्पादन, कल्याण सिंह/डिजे राजु/टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान/मेघवार चेम्जोङको द्वन्द कोरियोग्राफी, बाबु श्रेष्ठको डिओपी र केशव थापाको नृत्य निर्देशन रहेको छ ।