anmol jasita

भदौमा पुग्यो आकाश र आँचलको ‘ब्ल्याक’

भदौमा पुग्यो आकाश र आँचलको ‘ब्ल्याक’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ  पुर्वघोषित रिलिज डेटबाट सिनेमा ‘ब्ल्याक’ करिब तीन महिना पछाडी धकेलिएको छ । जेठ ११ प्रदर्शन हुने भनिएको सिनेमा अब भदौ १ मा रिलिज हुनेछ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमाको रिलिजमा चलचित्र निर्माता संघ चलचित्र संघबीचको शेयर बाँडफाँडको लफडा बाधक बनेको छ । बैशाख अन्तिमसम्म चलेको शेयरको लफडा टुंगिए पनि जेठ पहिलो साताको लागि निर्माता संघको घोषित आन्दोलनलाई हेर्दै ‘ब्ल्याक’ले रिलिज सार्ने मनसाय बनाएको थियो । दुई संघको सहमतिमा आन्दोलन फिर्ता भएपनि ‘ब्ल्याक’ टिमले प्रचारको लागि एक साता काफि नहुने भन्दै अन्तत: रिलिज डेट सारेको हो ।

अब तीन महिनाको प्रचार पश्चात प्रदीप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’ प्रदर्शनमा आउनेछ ।  आँचल शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमामा समावेश ‘पलपल हरपल’ बोलको गीत लोकप्रिय बन्दै गैरहेको छ ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको मुख्य भूमिका छ । रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द, अर्जुन जिसीको सम्पादन रहेको सिनेमालाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।