anmol jasita

रिलिज मुखमै ‘सुनकेसरी’लाई चिट्टा

रिलिज मुखमै ‘सुनकेसरी’लाई चिट्टा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रिलिजको मुखमा सिनेमा ‘सुनकेसरी’लाई चिट्टा परेको छ । प्राय: जसो शुक्रबार २ भन्दा माथि सिनेमा प्रदर्शनमा आइरहेको बेला ‘सुनकेसरी’ले भने नेपाली सोलो रिलिजको मौका पाएको छ ।

वर्षेनी सयको हारहारीमा सिनेमा रिलिज हुँदा निर्माता/निर्देशकले नचाहँदा नचाहँदै पनि सिनेमा जुधाउनु परेको अवस्थामा ‘सुनकेसरी’ निर्मात्रीलाई  भने रिलिजको मुख मै चिट्टा परेको हो । जेठ ११ गते ‘सुनकेसरी’सँगै रिलिज हुन् लागेको ‘ब्ल्याक’ले प्रदर्शन मिति हेरफेर गर्दै भदौ १ मा पुगेपछि ‘सुनकेसरी’लाई  यो सुनौलो अवसर मिलेको हो । अब ‘सुनकेसरी’ सिंगलमा एकल हुनेछ । भने मल्टीप्लेक्समा हलिउड र बलिउडसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । यो साता हलिउड र बलिउडबाट त्यति चर्चित सिनेमा रिलिज हुने छैनन् । जसले ‘सुनकेसरी’लाई अझ फाइदा पुग्ने देखिएको छ ।

अभिनेत्री ऋचा शर्माको अभिनय तथा निर्माण भएको सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचासँगै  रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।