anmol jasita

प्रशिक्षण दिन नेपाल आउदै सुवास घई

प्रशिक्षण दिन नेपाल आउदै सुवास घई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका भेट्रान निर्देशक सुवास घई (शो म्यान) नेपाल आउने भएका छन् । सिनेमा सम्वन्धि बिभिन्न विधाहरु अध्यापन गराउदै आएको कान्तिपुर फिल्म एकेडेमीले घईलाई वर्कसपका लागि नेपाल भित्र्याउन लागेको हो ।

मुम्बईको प्रसिद्द फिल्म स्कुल विस्लिंग उड इन्टरनेशनलको सहकार्य रहेको वर्कसपलाई ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार’ दिइएको छ । यहिँ जेठ २० गते राजधानीको अन्नपूर्ण होटलमा विहान ९ बजेदेखि साँझ ६ बजेसम्म चल्ने सेमिनारमा घईसँगै   स्क्रिप्ट राइटर अन्जुम राजाबली, फेसन डिजाइनर निशा चन्दा, सिनेमा मेकर रविया नाज्की तथा मुक्ता आर्टसका मेनेजिङ डारेक्टर राहुल पुरीले प्रशिक्षकमा रहने छन् । नेपालबाट मिडिया पर्सनालिटीमा दिनेश डिसी छन् ।

वर्कसप विशेष गरि मिडिया नलेज, मोबाइल सिनेमा मेकिङ, स्क्रिप्ट राइटिङ र फेसन डिजाइनमा केन्द्रित रहनेछ । सुवास  विस्लिंग उड इन्टरनेशनलका चेयरमेन पनि हुन् । उनि निर्देशित सिनेमा ‘सौदागर’बाट नेपाली चेली मनिषा कोइरालाले बलिउडमा डेब्यु गरेकी थिइन् ।

वर्कसपले नेपाली सिनेमा, फेसन र मिडियालाई  अझ बढी बिस्तारित र शिक्षित बनाउने विश्वास लिएको कान्तिपुर फिल्म एकेडेमीका सि ईओ प्रकाश पुरीले बताए । पुरी लगायतको टिम गत महिना मुम्बई पुगेर सुवास घई र  विस्लिंग उड इन्टरनेशनललाई नेपालमा सिनेमा एजुकेशन प्रमोट गर्नको लागि यस्तो खालको वर्कसप साझदारी गर्न आग्रह गरेका थिए ।