anmol jasita

२/२ जना पत्रकार र कलाकार सम्मानित

२/२ जना पत्रकार र कलाकार सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – १९ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा जेठ ७ गते राजधानी लगायत देशभरका शाखा संगठनले भव्य रुपमा कार्यक्रम सम्पन्न गरे । मकवानपुरको हेटौडा शाखाले पनि ७ गते पत्रकार र कलाकारलाई सम्मान गर्दै १९ औं दिवस मनाएको थियो ।

हेटौडा शाखाले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान – २०७५’बाट राजधानी दैनिकका डब्बु क्षेत्रीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको थियो । त्यत्सै ‘चलचित्र पत्रकारिता पुरस्कार – २०७५’बाट  जनता टेलिभिजनका राजकुमार एलनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको थियो । त्यस्तै ‘कलाकारिता सम्मान’बाट  अभिनेत्री नीता ढुंगाना र कलाकार सुशान्त श्रेष्ठले सम्मानित गरिएको थियो ।

संघका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वरुप प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ उपस्थित थिए । भने, विशिष्ट अतिथि रहेका   चलचित्र पत्रकार संघ नेपाल केन्द्रिय  निवर्तमान अध्यक्ष शान्तिप्रिय, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, निर्माण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघका अध्यक्ष नवराज अर्याल, चलचित्र निर्देशक समाजका निवर्तमान उपाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरी हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।