जापानमा ‘सुर्य इन्टरनेशनल अवार्ड’ हुने

जापानमा ‘सुर्य इन्टरनेशनल अवार्ड’ हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाको अवार्डहरुको भिडमा अर्को एउटा अवार्ड पनि थपिएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी र सुर्य कर्पोरेसन जापानले सयुक्त रुपमा आयोजना गर्ने गरि ‘सुर्य इन्टरनेशनल अवार्ड’ घोषणा गरिएको छ ।

सिनेमा र संगीतका १२ विधामा बाँडिने अवार्ड, टप ५ को मनोनयन सार्वजनिक गरि अनलाइन भोटिङ सिस्टम आधारमा अवार्ड वितरण गरिनेछ । सेप्टेम्बर १६ तारिखमा जापानको टोकियोस्थित नाकानो जेरो हलमा आयोजना हुने समारोहमा नेपालबाट नयाँ पुराना कलाकारको जमघट बनाउने आयोजकले बताएको छ ।

अवार्ड अहिलेसम्मकै ठुलो सांस्कृतिक कार्यक्रमका विच समापन गरिने आयोजक संस्थाका बासुदेव लामिछानेले बताए ।